एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले संघको वैशाख २० देखि २३ सम्म (मे ३–५) तोकिएको एकताको महाधिवेशन कुनै पनि हालतमा भइछाड्ने बताएका छन् ।
सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गर्न लागिएको र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले समेत पत्र लेखेर महाधिवेशन नरोक्न भनेको उल्लेख गर्दै कुँवरले तोकिएको मितिमा कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गरिने बताए ।
एउटा पक्षको आग्रहमा परराष्ट्र मन्त्रालयले पत्र लेखेर महाधिवेशन गर्न सिफारिस गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएपनि त्यसविरुद्ध परेको रिटमा समेत अदालतले कागजात मगाउने आदेश मात्रै गरेको उल्लेख गर्दै कुँवरले एकता महाधिवेशन रोकिन्छ कि भनेर अलमलमा पर्न जरुरी नरहेको बताए ।
बरु उनले एकताको महाधिवेशनमा विश्वभरबाट प्रतिनिधिहरू आउन थालिसकेको उल्लेख गर्दै पहिलो पटक भौतिक उपस्थितिमा खुला रूपमा नेतृत्व चयन गर्न लगिएको बताए ।
एकता महाधिवेशनबाट नेतृत्वका आकांक्षी समेत रहेका उनले सर्वोच्चले गरेको फैसलाविपरीत महाधिवेशन सार्नु भनेको अदालतको मानहानि हुने भएकाले त्यसतर्फ कसैले सोच्न नहुने जिकिर गरे ।
उनले अब महाधिवेशन आउन ८ दिनमात्रै बाँकी रहेकाले तयारी लगभग अन्तिम चरणमा पुगेको शुक्रबार जानकारी दिए ।
उनका अनुसार आइतबार सम्पन्न उच्चस्तरीय समितिको १५ औँ बैठकमा समेत सरकारी प्रतिनिधिको सहभागिता रहेको थियो । उनले भने, ‘चुनाव हुन्छ, अब रोकिने ठाउँ नै छैन । एकताबद्ध एनआरएनए निर्माणका लागि निरन्तर पहल भइरहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला