शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री

शुक्रबार, १२ वैशाख २०८२, १२ : ०९
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपतमा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् ।  शुक्रबार महाभूकम्प गएको स्मरणमा काठमाडौँको धरहरामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धालाई स्वस्थताको माध्यमबाट अघि बढाउनुपर्दछ’, उनले भने,  ‘आलोचना स्वागत छ तर आलोचना सत्य तथ्य र रचनात्मक हुन पनि जरुरी छ ।’

उनले झुट र भ्रामक तथा नेपाली समाजलाई भाँड्ने नभई राष्ट्रिय एकतामा आधारित आलोचना हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप