शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

महाभूकम्पको एक दशकपछि यस्तो बन्यो लाप्राक नमुना बस्ती (तस्बिरहरू)

शुक्रबार, १२ वैशाख २०८२, १२ : ०७
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर आएको विनाशकारी महाभूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङ बस्ती ध्वस्त बनाएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबिच विसं २०७३ बैशाख १२ गतेको त्रिपक्षीय सम्झौता अनुसार गोरखा जिल्लाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्तीका अधिकांश घर अझै खाली छ । 

धार्चे गाउँपालिका–४ गुप्सीपाखामा करिब ३२६ रोपनी क्षेत्रफलमा  लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको थियो  । कुल ६०४ घरधुरी रहेको सो नमुना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भूकम्प राहतबाट बनेको हो ।

 बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथमिकतामा पर्दैनन् नमुना बस्तीका घरहरू ।

६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन् । एनआरएनएले बस्ती निर्माणमा गरेको बदमासी प्रस्ट रूपमा देख्न सकिन्छ । प्लास्टिकको झ्याल ढोका, चार जना परिवारको लागि पनि सानो हुने घर, पूर्ण रूपमा निर्माण सम्पन्न नगरिएको प्रस्ट देखिन्छ ।

 अहिले बस्तीमा बसी रहेका परिवारले पनि सो घर बस्न लायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नु परेको ४ नं‍. वडाका अध्यक्ष किसान गुरुङले बताए । काठको झ्याल ढोका राख्नेदेखि ढुङ्गा छाप्न, घरको भित्री संरचना निर्माण गर्न खर्च गर्नु परेको उनले सुनाए । लाप्राक गाउँ पहिले देखि पहिरोको जोखिममा रहेको भएतापनि स्थानीयहरूको खेती बाली गाउँमै हुनाले पनि नमुना बस्तीमा खासै बस्ने नगरेको गुरुङले बताए ।

Laprak Namuna Basti (2)Laprak Namuna Basti (3)Laprak Namuna Basti (4)Laprak Namuna Basti (5)Laprak Namuna Basti (6)Laprak Namuna Basti (7)Laprak Namuna Basti (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप