शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

शुक्रबार, १२ वैशाख २०८२, १० : ५१
शुक्रबार, १२ वैशाख २०८२

गलकोट । अछेते–भिमापोखरा  सडक रु एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ ।  उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा  ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ । 

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको रु २० लाख गरी रु ७० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो ।

पूर्वाधार विकास कार्यालयबाट प्राप्त रु ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ । 

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप