शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

शुक्रबार, १२ वैशाख २०८२, ०९ : ५७
शुक्रबार, १२ वैशाख २०८२

   काठमाडौँ । वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । 

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव शुक्रबार बिहान सशस्त्र प्रहरीको  गोताखोरले  निकालेको  हो ।

नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट  गोताखोरसहितको सुरक्षा फौज उनको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप