शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन

शुक्रबार, १२ वैशाख २०८२, ०९ : ३६
शुक्रबार, १२ वैशाख २०८२

बेइजिङ । चीनले आफ्नो देशबाट आउने सामानमा अमेरिकाले लगाएको अतिरिक्त भन्सार महसुल अर्थात् ट्यारिफ हटाउन भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको व्यापार युद्ध सल्ट्याउन गम्भीर छन् भने गम्भीरता देखाउन ट्यारिफ हटाउनु पर्ने भनिएको छ । 

अमेरिकाले चीनसँग व्यापार वार्ता भइरहेको भनेर बारम्बार भनिरहेको छ । तर यस्तैमा एक जना चिनियाँ अधिकारीले भने कुनै वार्ता नभएको बताएका छन् । जस्तालाई त्यस्तै गर्ने नीतिका कारण विश्वका दुई ठूला अर्थतन्त्रबिचको व्यापार युद्ध चर्किँदै गएको छ ।

ट्यारिफ प्रति असन्तुष्ट चीनले हालै मात्र अमेरिकी विमान निर्माता कम्पनी बोइङले डेलिभर गरेको विमान फिर्ता पठाएको थियो । यस्तोमा ट्रम्प चीनप्रति केही लचिलो बनेका छन् । अहिलेसम्म आफूले चीनमाथि लगाएको ट्यारिफमा उल्लेख्य रूपमा घट्ने तर यो शून्यमै चाँहि नआउने ट्रम्पले भनेका थिए । 

यतिबेला चीन र अमेरिकाबिच व्यापार युद्ध उत्कर्षमा छ । ट्रम्पले चीनबाट आउने सामानमा १४५  प्रतिशत ट्यारिफ लगाएका छन् भने चीनले पनि यसको प्रतिकारमा अमेरिकाबाट आउने सामानमा ट्यारिफ बढाएर १२५ प्रतिशतमा पुर्याएको छ । 

यसैबिच चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले यो समस्यालाई साँच्चै सल्ट्याउन चाहेको हो भने अमेरिकाले सबै ट्यारिफ हटाउनु पर्ने भनेका थिए । जस्ले बाघको घाँटीमा घन्टी झुन्ड्याएको हो, उसैले फुकाउनु पर्ने उनले भनेका थिए । 

चीन र अमेरिकाले ट्यारिफमा कुनै पराशर्म वा वार्ता नगरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिका एक्लै सहमतिमा पुगोस् भनेका थिए । दुई देशबिच वार्ता भइरहेको खबरलाई उनले झुटो समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप