शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’

शुक्रबार, १२ वैशाख २०८२, ०८ : ४३
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । आज (शुक्रबार)बाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘खेल’ र ‘भूठान’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कोसँग भिड्न लागेका हुन् ।

फरक विषयवस्तुमा निर्माण भएको दुवै फिल्म राम्रो भएको दाबी गरिएको छ । ‘खेल’ अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्म हो भने ‘भूठान ’ विनोद पौडेलले निर्देशन गरेका हुन् ।

‘खेल’ 
सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,  समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य अभिनय  रहेको ‘खेल’ नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको बताइन्छ । अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका ४ साथीहरूको कथा फिल्मले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता हुन् भने  सह–निर्माता कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । फिल्मको वितरण डिसिएनले गर्नेछ ।

‘भूठान’ 

हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’को अंग्रेजी नाम ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ दिइएको छ । फिल्ममा आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय छ । साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।

फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र थाकथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोजको कथा पेस गर्छ । फिल्मको छायाङ्कन अमेरिकामै भएको हो ।

फिल्मका निर्माता राजेन्द्र ठकुराठी र कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी हुन् । फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेस्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप