शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

शुक्रबार, १२ वैशाख २०८२, ०७ : ५९
शुक्रबार, १२ वैशाख २०८२

नेपालगञ्ज । लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ । अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बिच भीडन्त हुने छ । 

दुवै विभागीय टोलीबिचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए । 
        
एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताइन् । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५  र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्का प्रदान गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप