शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने

शुक्रबार, १२ वैशाख २०८२, ०७ : १२
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज काठमाडौँ उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ ।  धनगढी र नेपालगञ्जमा ३९ देखि ४१ र भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिन्छ मौसमविद् बताउँछन् । 

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप