ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
शुक्रबार, १२ वैशाख २०८२, ०४ : ४७

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा एटलेटिकोले रायो भायकानोलाई ३-० गोल अन्तरले हरायो ।
घरेलु टोलीलाई जिताउन अलेक्जेन्डर सार्लोथले पहिलो तीन मिटेमै गोल गरे । पहिलो हाफको अन्तिम मिनेट (४५)मा कोनोर गैलाघरले टोलीको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा जुलियन अल्भारेजले व्यक्तिगत एक गोल गर्दै ३-० मा खेल टुंग्याए ।
यो जितपछि एटलेटिकोको ३३ खेलबाट ६६ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक हुँदा दोस्रो स्थानको रियाल मड्रिडको ७२ अंक छ ।
ला लिगामै रियाल बेटिसले रियाल भालाडोलिडविरुद्ध ५-१ को जित निकाल्दा ओसासुनाले सेभियाविरुद्ध १-० को जित निकाल्यो । यस्तै, लेगानेस र गिरोनाले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा