शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर

शुक्रबार, १२ वैशाख २०८२, ०४ : २५
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदे रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महत्वपूर्ण १२ अंक जोडेको छ । आईपीएलको ४२ औं खेलमा बैंग्लुरुले राजस्थानविरुद्ध ११ रनको जित निकाल्यो । 

बैंग्लुरुले दिएको २०६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १९४ रनमै समेटिएपछि बैंग्लुरु शीर्ष स्थानका टोलीलाईए टक्कर दिन आइपुगेको हो । बैंग्लुरु ९ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा छ । एक खेल कम खेलेका गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स समान १२–१२ अंककासाथ पहिलो र दोस्रो स्थानमा छन् । 

एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनाएको थियो । बैंग्लुरुका लागि विराट कोहलीले सर्वाधिक ७० रन बनाए । ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । 

देवदत्त पडिक्कलले २७ बलमा चार चौका र तीन छक्काको मद्दतले ५० रन बनाए । फिल साल्ट २६ र टिम डेभिड २३ रनमा आउट हुँदा जितेश शर्मा २० रनमा अविजित रहे ।

राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । जोफ्रा आर्चर र वानिन्दु हसरंगाले  एक–एक विकेट हात पारे । जवाफी व्याटिङमा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनमै समेटियो ।

जहाँ यशस्वी जयसवाल अर्ध शतक बनाउनबाट जम्मा एक रनले चुके ।उनले सर्वाधिक ४९ रन जोडे । विकेट किपर ध्रुव जुरेलले ४७ रन बनाए । यस्तै, नितिश राणाले २८ र कप्तान रियान परागले २२ रनको योगदान दिए । बैंग्लुरुका जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए । क्रुणाल पाण्ड्याले २ विकेट हात पारे । 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप