आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
बिहीबार, ११ वैशाख २०८२, २१ : ४१

काठमाडौँ ।जारी आईपीएलको ४२ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई २०६ रनको लक्ष्य दिएको छ ।
राजस्थानले चिन्नास्वामी रंगशालामा टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । बिहीबार बेंगलुरुले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर २०५ रन बनाएको हो ।
आज विराट कोहलीले ७० र देवदत्त पडिक्कलले ५० रन बनाए । कोहलीले जम्मा ४२ बलको सामना गरे ।आज विष्फोटक ब्याटिङ गर्ने ओपनर फिल साल्ट भने मात्र २६ रनमा आउट भए । यस क्रममा उनले २३ बलको सामना गरे ।
राजस्थानका सन्दीप शर्माले २ विकेट लिए। जारी प्रतियोगितामा यी दुई टोलीबिच दोस्रो भेट हो । यसअघि बेंगलुरु विजयी भएको थियो ।