शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार

बिहीबार, ११ वैशाख २०८२, २० : ३४
बिहीबार, ११ वैशाख २०८२

बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीले 'उत्कृष्ट  पत्रकारिता पुरस्कार' प्राप्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको उक्त पुरस्कार केसीले प्राप्त गरेका हुन् । 

उनलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष  निमर्ला शर्मा र बुटवलमा उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले नगद १ लाख रुपैयाँसहित पुरस्कृत गरे ।

उक्त पुरस्कार प्रत्येक वर्ष रुपन्देही बसेर खोजमूलक समाचार लेख्ने एक जना पत्रकारलाई प्रदान गर्ने गरिन्छ ।

रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक रहेका केसी बुटवलमा बसेर विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

यस्तै सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट कान्तिपुर टीभीमा कार्यरत अमृता अनमोल र नेपाल प्रेस अनलाइनमा कार्यरत आरपी आचार्यलाई जनही ५० हजार रुपैयाँ राशिले पुरस्कृत गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप