सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ४ जना ट्राफिक प्रहरी जिम्मेवारीमुक्त

काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो सार्वजनिक भएपछि त्यसबारे छानबिन थालिएको छ । कुटपिटमा संलग्न ट्राफिक प्रहरीहरु ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेको भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
सो घटना २०८१ मंसिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको पाइएको छ । कुटपिटमा संलग्न जवानसहित घटनास्थलमा देखिएका ४ जनालाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा झिकाइएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘दिउँसो १ बजेतिर कुटपिट भएको रहेछ, त्यसबारे छानबिन सुरु गरेका छौँ ।’
कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राज्य आतंक’ भनेर त्यसलाई शेयर गर्दै त्यसबारे प्रतिक्रिया व्यक्त गरिरहेका छन् । घटनामा दोषी भेटिए प्रहरी नियमावली अनुसार कारबाही गरिने एसपी गिरीले जानकारी दिए ।
याे पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म