रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
बिहीबार, ११ वैशाख २०८२, १९ : ०८

काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अब सार्ववजिक शिक्षाको सवलीकरणमा लाग्ने बताएकी छन् ।
शिक्षामन्त्रीबाट राजीनामा दिएर केही दिन सम्पर्क बाहिर रहेकी भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाई दिँदै आफ्नो नयाँ यात्राबारे जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,अबको मेरो यात्रा सार्वजनिक शिक्षाको सवलिकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहनेछ ।’
करिब ९ महिना मन्त्रालयमा रहँदा शिक्षा क्षेत्रमा केही सुधार गर्ने प्रयास गरेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
आफुलाई विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा सँगै काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उनले धन्यवाद दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म