शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु

बिहीबार, ११ वैशाख २०८२, १८ : ४४
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे चिन्ता नगर्न आग्रह गरेका छन् । सरकारको भविष्यलाई लिएर भइरहेका टिप्पणीबारे पछि नलाग्न पनि प्रधानमन्त्री ओलीको आग्रह छ । 

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको स्थायित्व र विकासका  लागि काँग्रेससँग मिलेर अघि बढिरहेको दाबी गरे ।

‘यो संयुक्त सरकार सङ्कल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ’ ओलीको भनाइ छ ।  

उनले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर नकराएको भन्दै मिसन ८४ मा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौँ, ०७४ को चुनाव भन्यौँ, ७९ को चुनाव भन्यौँ अब ०८४ को चुनाव भनिरहेका छौँ । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस्’ प्रधानमन्त्री ओलीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप