दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा

रुकुम पश्चिम । नेकपा माओवादीका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले राजनैतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ नहुने बताएका छन् ।
बिहीबार त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शर्माले भने “आज दलहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर छ ।नेताहरूले आफूलाई नै सवथोक ठान्ने र अरूलाई ललकार्ने प्रवृत्ति हाबी भएको छ जसले गर्दा सिङ्गो लोकतन्त्रमाथि नै जनताले प्रश्न उठाउने अवस्था सृजना भएको छ ।”
दल र तिनका नेताहरूले आफूलाई जनताको असली सेवक र जनतालाई सार्वभौम ठान्ने संस्कारको विकास नभएसम्म देशमा लोकतन्त्र संस्थागत नहुने शर्माको भनाइ छ ।
“नेताहरूले आफूलाई नसुधारेसम्म लोकतन्त्रमाथि खतरा रहिरहन्छ ।” १९औँ लोकतन्त्र दिवसको सन्दर्भ कोट्याउँदै शर्माले भने “सार्वभौम भइसकेका जनता फेरी रैती हुन खोजेका छैनन् तर आज लोकतन्त्रमाथि सबभन्दा ठुलो खतरा हाम्रा नेताहरूबाटै छ, अरूबाट छैन ।”
नेताहरूले आफूलाई नै सर्वेसेवा ठान्ने, अरूलाई हेप्ने, जनतालाई हेप्ने खालका व्यवहार र कार्यशैली देखाएका कारण जनता अलिकति रिसाएको उनको तर्क छ । जनतामा निराशा र आक्रोश पैदा हुनुमा वर्तमान सरकारका गलत निर्णय र गतिविधिहरूसमेत काफी हदसम्म जिम्मेवार रहेको नेता शर्माको ठम्याइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम