शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
सरुवा

सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए

बिहीबार, ११ वैशाख २०८२, १८ : १५
बिहीबार, ११ वैशाख २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।

गृहमन्त्री रमेश लेखककले ६ वटा प्रदेशका प्रमुख परिवर्तन गरेका छन् । कोशी प्रदेश स्थित नम्बर–१ बराह बाहिनीमा कुमार न्यौपानेलाई सरुवा गरिएको छ ।

प्रदिप कुमार पाललाई नम्बर–७ वैद्यनाथ बाहिनी, अञ्जनी कुमार पोखरेललाई नम्बर–३ गढीमाई बाहिनी मकवानपुर, दीपेन्द्र शाहलाई कास्की स्थित नम्बर–४ मुक्तिनाथ बाहिनी र कृष्ण ढकाललाई महोत्तरी स्थित नम्बर–२ छिन्नमस्ता बाहिनीमा पठाइएको छ । 

रुपन्देही स्थित नम्बर–५ विन्ध्यावासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ ।1

2

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप