राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पूरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै

काठमाडौँ । तीनकुने घटनामा संलग्न २४ जनालाई प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । उनीहरूले चैत १५ मा पुर्वराजाको समर्थनमा प्रदर्शन गर्दा अवाञ्छित गतिविधि गर्दै राज्य विरुद्धको कसुर गरेको आरोप छ ।
दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन आयोजना थिए ।
प्रदर्शनको अग्र मोर्चामा रहेका दुर्गा प्रसाईँ सहितका २४ जनामाथि प्रहरीले राज्य विरुद्धको मुद्दा लगाएको छ । उनीहरूमध्ये १६ जनाको बयान पूरा भएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ललितपुर घर भएका विष्णुजंग बस्नेत सहित ८ जनाको बयान लिन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘प्रसाईँ र अन्य ७ जनाको बयान प्रक्रियामा छ ।’
दुर्गा प्रसाईँले यसअघि लघुवित्त पीडितहरूको नेतृत्व गर्दै बल्खुमा प्रदर्शन गरेका थिए । उनी लघुवित्त प्रभावितहरूको आवाज छाडेर पुर्वराजा फर्काउने अभियानमा लागेपछि अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीहरूले उनलाई त्यसबारे पनि प्रश्न सोध्ने तयारी गरेका छन् ।
प्रसाईँलाई सोध्ने प्रश्न तयार भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘प्रसाईँका बयान पुरा हुन समय लाग्छ, हामी प्रश्न तयार गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी