शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा

बिहीबार, ११ वैशाख २०८२, १७ : ४२
बिहीबार, ११ वैशाख २०८२

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरिएको छ । अनन्तनाग प्रहरीले बिहीबार तस्बिर जारी गरेको हो । प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी सङ्गठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको बताएको छ । 

प्रहरीले तीन जनालाई आतङ्ककारी भन्दै उनीहरूबारे कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरेको छ । मङ्गलवार पहलगाम नजिकै बैसरन उपत्यकामा आतङ्कवादी हमला भएको थियो । यस हमलामा एक जना नेपालीसमेत २६ जनाको मृत्यु भएको थिए । 

२० जनाभन्दा धेरै घाइते भएका थिए । मर्नेमा अधिकांश घुम्न गएका पर्यटक थिए । पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन पर्यटकहरूमाझ धेरै लोकप्रिय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप