बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
पदभार ग्रहण

शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त

बिहीबार, ११ वैशाख २०८२, १७ : ३३
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्ने बताएका छन् । पदभार ग्रहण गरेपछि मन्त्री पन्तले शिक्षकका समस्याबारे जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताएका हुन् । 

शिक्षकहरूको समस्याका बारेमा जानकार रहेको बताउँदै उनले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेपछि कसरी अगाडि जाने भन्ने विषयमा बोल्ने बताए । 

‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । शिक्षकहरूका मागका विषयमा जानकार छु । मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन् । यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला,’ पन्तले भने । 

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप