प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ

काठमाडौँ । प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले ८ जना नेताहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौँ स्कुल अफ ल का नेता हिमाल विष्ट रहेका छन् ।
उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको बताएका थिए । शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरु पूरा गर्न तत्परता नदेखाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
‘त्रिभुवन विश्वविद्यालयको भिसि नियुक्तिमा खुल्ला प्रतिस्पर्धा खोई ?, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन ?, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म