अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताएका छन् । साथै उने युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने बताएका छन् ।
बिहीबार काठमाडौँको भृकुटी मण्डपमा पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसका अवसरमा भएको ‘यूथ सेलिब्रेशन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र सम्मृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताए ।
उनले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा जनमत ध्रुवीकरण समेत गर्न नहुने बताए । ‘त्यसरी बलियो र राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्छ । अब युवाहरूले धेरैतिर आफ्ना विचार छर्ने होइन । विचारलाई एकीकृत गर्नुपर्दछ र सङ्कल्पका आधारमा राष्ट्र निर्माणमा अघि बढ्नुपर्दछ’, पोखरेलले भने, ‘जसरी छिमेकीहरूले राजनीतिक स्थिरताको सुनिश्चित गरेका छन् ।’
युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको भन्दै पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने दाबी गरे । पोखरेलले देश हितका निम्ति दरिलो ढङ्गले उभिने पार्टी एमाले भएको भन्दै राष्ट्रका समस्या पनि एमालेले नै सम्बोधन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार