१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’

काठमाडौँ । टिकटकर तथा अभिनेत्री मिस पबीले आफ्नो बालविवाह भएको खुलासा गरेकी छन् । उत्सव रसाइलीको ‘रमाइलो विथ उत्सव’ कार्यक्रममा उनले यो कुरा बताएकी हुन् ।
यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् । उनले कार्यक्रममा भनेकी छन्, ‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । त्यो गैरकानुनी कुरा थियो । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ ।’
यस्तो छ अन्तर्वार्ताको अंश
प्रश्न– राजीखुसी थियो कि बाध्यकारी थियो ?
के–के थियो थियो । म त्यो कुरामा बोल्न चाहन्नँ । जे कुरा भयो, त्यही बेला नै सकियो ।
प्रश्न– रिग्रेट छ ?
मलाई रिग्रेट छैन । मैले धेरै कुरा सिकेँ ।
प्रश्न– के पाठ सिक्नुभयो ?
जीवनमा अघि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । मेरो डिभोर्स भयो, मैले त्यो डिभोर्समा नै बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो भन्यो, त्यस्तो भन्यो भन्ने चाहिँ हुनुहुँदैन जस्तो लाग्छ मलाई । म त्यो कुरालाई तल हेर्न चाहन्छु । किनभने आफूमाथि भएपछि तलको कुरा त सानो–सानो देखिन्छ नि ।
प्रश्न– त्यसबारे समाचार आउँदा दुःख लागेन ?
मलाई हर्ट भएन । त्यो भएकै कुराहरू हो नि त । तर, म त्यो कुराहरू बाहिर निकाल्न चाहँदिनँ थिएँ ।
प्रश्न– कसरी आयो यो कुरा ?
कसैको इन्टेन्सन थियो होला । जति जति हामी पब्लिक हुँदै जान्छौँ, त्यति नै मानिसहरू चिन्छन् र तपाईँको जीवनमा कस्तो थियो ? के थियो ? भन्ने हुन्छ । तपाईँलाई सबैले माया गर्ने हुँदैन । तपाईँको सफलतामा ‘हेट’ गर्ने पनि हुन्छन् । त्यसपछि मानिसहरूले तपाईँको बारेमा खोतल्दै जान्छन् ।
मैले जीवनमा राम्रो कुराहरू पनि गरेको छु नि त । तर, ती कुराहरू निकाल्न खोज्दैनन् । नराम्रो कुरा अगाडि निकाल्न खोज्छन् ।
प्रश्न– यसलाई स्वीकार गर्नुपर्ने होइन र ?
मैले स्वीकार गरेँ पनि यो एकदमै बच्चा बेलामा भएको थियो । बच्चा थिएँ । अहिले २५ वर्षको उमेरमा धेरै कुरा बुझेँ जस्तो लाग्छ ।
प्रश्न– कतिबेला बुझ्नुभयो ?
मैले २० वर्षपछि मात्र थाहा पाएँ । यस कुरामा मेरो आमा र बुवाले मलाई समर्थन गर्नुहुन्छ । डिभोर्सपछि केटाहरूले के कुरा सहनुपर्छ भन्ने मलाई थाहा भएन तर केटी मानिसले धेरै कुरा सुन्नुपर्छ । त्यो कुरा भएपछि कोही मसँग साथी बन्न चाहेनन् । म त्यो समाजका लागि नराम्रो भए । स्कुलको साथीहरू पनि साथी छैनन् । त्यसैले त्यो एउटा ठुलो दुर्घटना थियो, त्यो कट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म