बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध तेस्रो मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा बिहीबार सर्लाही जिल्ला अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको हो ।
बिहीबार अख्तियारले थापासहित उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध वन अतिक्रमण, ताल निर्माण र ढुङ्गा–गिट्टी–बालुवा–माटो उत्खनन गरी हानीनोक्सानी गरेको आरोपसहित उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारले ४ लाख ७० हजार २८५ घनमिटर वन पैदावार उत्खनन् गरी बिक्री वितरण तथा अन्य संरचनामा प्रयोग गरेको आरोपमा उनीहरुविरुद्ध ५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।
यसअघि अख्तियारले निलम्बित मेयर थापाविरुद्ध दायर गरेका दुई मुद्दामा विशेषले गत वैशाख ७ गते मात्रै थप प्रमाण बुझ्ने आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म