४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा

हेटौँडा । मकवानपुरको रातेमाटेबाट ४ लाख रुपैयाँ बढीको लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान ९ः ३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिमाणको लागुऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली बस्ने २५ को तीर्थलाल पासवान र सह–चालक सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन् ।
बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडातर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको ट्रामाडोल बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
पिकअप गाडीका चालक पासवान र सह–चालक पटेलले उनीहरूलाई शङ्का लागेर खानतलासी गर्दा गाडीको अगाडीको इन्जिन भएको भागमा लुकाई ल्याइएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्यापसुल) बरामद भएको थियो । सो लागुऔषध ट्रामाडोलको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार सो लागुऔषध ट्रामाडाल हेटौँडाका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश