शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

फाईबरमा तार सर्ट हुँदा बसमा आगलागी

बिहीबार, ११ वैशाख २०८२, १५ : २३
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ ढुङ्गेअड्डा पिपलबोटमा बसमा आगलागी भएको छ । 

बिहीबार कलंकी देखि थानकोटतर्फ आउँदै गरेको बा.प्र.०३-०१-००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको सार्वजनिक बसको फाईबरमा तार सर्टभई आगलागी भएको प्रहरीले जनाएको छ । 

चन्द्रगिरी नगरपालिकाको दमकल, स्थानिय पानी ट्याङ्करको सहायताले प्रहरी र स्थानियहरु समेतले दिउँसो बसमा लोगेको आगो नियन्त्रणमा लिइएको प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए । 

बस पूर्ण रुपमा क्षती भएको छ भने मानवीय क्षती भने हुन पाएन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप