शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
बिहीबार, ११ वैशाख २०८२, १५ : २८

काठमाडौँ । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । एमाले सांसद पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।
पन्तलाई बिहीबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्त समानुपातिकतर्फका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम