शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

खेलस्थल र प्रायोजक सम्बन्धी  विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित

बिहीबार, ११ वैशाख २०८२, १५ : १६
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १५ औँ संस्करण सन् २०२६ सम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको हो । प्रतियोगिता यसै वर्ष आयोजना हुनुपर्ने थियो । 

साफ च्याम्पियनसिप दक्षिण एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता हो । महासङ्घका अनुसार, खेलस्थल र प्रायोजन सम्बन्धी विवादका कारण प्रतियोगिता स्थगित गर्ने निर्णय लिइएको हो । महासङ्घले साफ च्याम्पियनसिपको आगामी संस्करण ‘होम एन्ड अवे’ का आधारमा सञ्चालन गरिने जनाएको थियो ।

महासङ्घले त्यसका लागि तयारीसमेत अगाडि बढाइसकेको थियो । तर, अन्तिम समयमा आएर प्राविधिक कारणले प्रतियोगिता स्थगित गर्नु परेको महासङ्घले जनाएको छ । प्रतियोगितामा दक्षिण अफ्रिकाका सातवटै राष्ट्रको सहभागिता रहने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप