घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग

काठमाडौँ । करिब दुई वर्षअघि जनकपुरमा आयोजना भएको महेन्द्रनारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने क्रममा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको औषधि उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
सन् २०२३ को मे २९ देखि जुन ९ तारिखसम्म आयोजना भएको उक्त प्रतियोगिताको कोशी र गण्डकी प्रदेशबिचको खेलका क्रममा सिद्धान्त भाइते भएका थिए । उक्त प्रतियोगितामा उनी कोशी प्रदेशको कप्तानको भूमिकामा थिए । खेलमा फिल्डिङ गर्ने क्रममा उनको खुट्टामा गम्भीर चोट लागेको थियो ।
त्यसयता सिद्धान्ताको दिनचर्या नेपाल र भारतका विभिन्न अस्पताल धाउनमै बितिरहेको छ । यसबिचमा ६ पटक उनको खुट्टाको शल्यक्रिया भइसकेको छ । केही दिनअघि भारतको गुडगावस्थित अस्पतालमा छैटौँ पटक उनको खुट्टाको शल्यक्रिया भयो ।
खेलका क्रममा घाइते भएर ६ पटकसम्म शल्यक्रिया गरिसक्दा पनि क्यानले उनको उपचारमा सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । यस विषयमा रातोपाटीमा समाचार पनि प्रकाशित भएको थियो । सुरुमा सिद्धान्तको परिवारका सदस्यले सामाजिक सञ्जालमा क्यानले उपचारमा सहयोग नगरेको असन्तुष्टि पोखेका थिए ।
उनीहरुले पटक–पटक क्यानका पदाधिकारीहरुलाई गुहार्दा पनि आवश्वासन मात्र पाएको गुनासो गरेका थिए । छैटौँ पटक शल्यक्रिया गराएपछि भारतको गुडगावस्थित अस्पतालको शैयाबाट सिद्धान्त आफैले एक भिडियो सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) र क्यानले आफूलाई बेवास्ता गरेको आरोप लगाएका थिए । सिद्धान्तले उपचारमा सहयोगका लागि पटक–पटक यी आग्रह गर्दा पनि यी दुई खेल निकायले सँधै आफूलाई बेवास्ता गर्दै आएको दुःखेसो पोखेका थिए ।
क्यानका प्रवक्ता छुम्बी लामाले भने सिद्धान्त घाइते भएलगत्तै बी एन्ड बी अस्पतालमा उपचार गराउन क्यानले सहयोग गरेको र एक लाख रुपैयाँ आर्थिक सहयोग पनि उपलब्ध गराएको बताएका थिए । रोतोपाटीसँगको कुराकानीमा प्रवक्ता छुम्बीले सिद्धान्तको अवस्था र उपचारका बारेमा आफूहरु जानकार रहेको र छिट्टै क्यानले थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म