शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्ड गोरखामा, सहिद परिवारसँग भेटघाट

बिहीबार, ११ वैशाख २०८२, १३ : ४९
बिहीबार, ११ वैशाख २०८२

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आइपुगेका छन्  । अध्यक्ष प्रचण्ड गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका हुन् ।  

अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट समेत गरेका छन् । उनले सहिद भिष्म कुमालको घरमा खाना खाएका छन् ।

भोलि वैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष  प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप