कलेजहरूलाई दिइने विदेशी कोषमा अमेरिकामा बढ्ने भयो निगरानी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजहरूलाई दिइने विदेशी कोषमाथि निगरानी बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । साथै स्कूल र कलेजहरूले अब अमेरिकाको सङ्घीय कानुनलाई कडाइका साथ पालना गर्नुपर्नेछ ।
ट्रम्पले बुधवार कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो आदेश मार्फत ट्रम्पले आफ्नो राजनीतिक विचारको विरोध गर्ने विश्वविद्यालय र कलेजहरूलाई लक्षित गर्न चाहेको विश्वास गरिएको छ ।
अमेरिकामा एउटा सङ्घीय कानुन छ । यसका अनुसार विश्वविद्यालयहरूले विदेशबाट प्राप्त गर्ने कोषबारे पूर्ण जानकारी दिनुपर्छ । अब ट्रम्प प्रशासनको नयाँ कार्यकारी आदेशपछि यो कानुन कडाइका साथ लागू हुनेछ ।
अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीले लामो समयदेखि अमेरिकी विश्वविद्यालय र कलेजहरूलाई विदेशी कोष प्रदान गर्ने बारेमा चिन्ता व्यक्त गर्दै आएको छ ।
ट्रम्प प्रशासन विशेष गरी अमेरिकी विश्वविद्यालयहरूमा चीन र अन्य देशहरूको प्रभावको बारेमा चिन्तित छ । हावर्ड जस्ता संस्थाहरूले सङ्घीय कानुनको उल्लङ्घन गरेको आरोप ह्वाइट हाउसको छ ।
विदेशी उत्पीडन रोक्न शैक्षिक संस्थाहरूलाई दिइने विदेशी कोषको गोपनीयता अन्त्य गर्न सरकारले चाहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ