बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा

बिहीबार, ११ वैशाख २०८२, १२ : २८
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन फिर्ता लिने प्रक्रिया अघि बढाएका छन् । पुनरावलोकनको निवेदनमाथि सुनुवाइ हुन समय लाग्ने देखेपछि उनले निवेदन फिर्ता लिन लागेका हुन् । 

सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता लिएर मनाङेले बाहिर बसेर मुद्दा लड्नलगायतका अन्य सेवा सुविधा माग गर्दै प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।  उनले निवेदन फिर्ताका लागि अपिल गरेकोमा आज न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । 

मनाङे आफैँ इजलासमा उपस्थित भएका छन् भने उनको निवेदनमाथि केही बेरमा सुनुवाइ सुरु हुँदैछ । ज्यान मार्ने उद्योगमा  २०८१ कात्तिक २० गते सर्वोच्च मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सर्वोच्चले उच्चकै फैसला सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो । 

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएकोमा जिल्लाले फागुन २३ गते १ वर्ष कैद छुट दिने आदेश गरिसकेको छ । मनाङे २०८१ कातिकमा राजधानीको सानो भर्याङबाट पक्राउ परेका थिए ।   

दीपक मनाङे समूहले २१ वर्षअघि अर्का गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।  ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । 

जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनाएको थियो । तर उच्चले जिल्लाको आदेश नमिलेको भन्दै उल्टाएर ५ वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्चले सोही फैसला सदर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप