पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा कारबाही गर्न थालेको छ । उक्त आक्रमणमा २५ भारतीय नागरिक र एक नेपाली नागरिकको मृत्यु भएको थियो ।
यस आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को आपतकालीन बैठक बोलाइएको थियो । यस बैठकमा पाकिस्तानलाई कडा जवाफ दिने निर्णय भयो ।
भारतले पाकिस्तान सरकारको आधिकारिक एक्स खाताको पहुँच भारतमा रोकेको छ । अर्थात् पाकिस्तान सरकारको एक्स ह्यान्डल अब भारतमा देखिने छैन न त यसको कुनै नै पोस्ट देखिनेछ । तर खाता पाकिस्तान र भारत बाहिरका अन्य देशहरूमा सक्रिय हुनेछ । एक्स ह्यान्डल बाहेक, पाकिस्तान सरकारको आधिकारिक वेबसाइट पनि भारतमा ब्लक गरिएको छ । सीसीएसको बैठक पछि यो कदम उठाइएको हो ।
भारत र पाकिस्तान दुवैले आफ्ना उच्चायोगहरूमा काम गर्ने कर्मचारीहरूको सङ्ख्या ५५ बाट घटाएर ३० मा झार्दैछन् । यो प्रक्रिया मे १ सम्ममा पूरा हुने बताइएको छ । यस महत्त्वपूर्ण बैठकमा विदेश मन्त्री एस-जयशंकरको साथमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि थिए ।
पहलगाम आक्रमणको पछाडि रहेकाहरूलाई उचित जवाफ दिइने र पर्दा पछाडि षड्यन्त्र रच्नेहरूलाई भारतले छोड्ने छैन भनेर रक्षामन्त्री राजनाथ सिंहले बैठकअघि भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम