बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

शान्ति वार्तालाई हानी पुर्‍याएको जेलेन्स्कीमाथि आरोप

बिहीबार, ११ वैशाख २०८२, १२ : ०७
बिहीबार, ११ वैशाख २०८२

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति वार्तालाई क्षति पुर्याएको आरोप लगाएका छन् । यसअघि जेलेन्स्कीले युक्रेनले क्रिमियामाथि रूसी नियन्त्रणलाई मान्यता नदिने बताएका थिए ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा युद्ध अन्त्य गर्ने सम्झौता धेरै नजिक भएको दाबी गर्दै जेलेन्स्कीले अमेरिकी सर्तहरू स्वीकार गर्न अस्वीकार गर्दा द्वन्द्व लम्बिने भनेका थिए । 

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको लागि अमेरिकाको दृष्टिकोणको व्याख्या गर्दै यसले क्षेत्रीय सीमाहरू आज जहाँ छन् त्यहि स्थिर रहने भनेका थिए ।

युक्रेनले लामो समयदेखि क्रिमिया नत्याग्ने बताउँदै आएको छ ।  यो क्षेत्र २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप