बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

भारतको कुनै पनि आक्रमणको उचित जवाफ दिने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी

बिहीबार, ११ वैशाख २०८२, १२ : ०२
बिहीबार, ११ वैशाख २०८२

इस्लामावाद । भारतले चालेका कदमहरूमा पाकिस्तानले तुरुन्तै प्रतिक्रिया दिन नचाहेको पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बताएका छन् । बीबीसी उर्दूका अनुसार एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै उनले यस्तो भनेका हुन् । 

भारतमा मङ्गलवार भएको घटना निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने उनको भनाइ थियो । पहलगाम आक्रमणको विरोधमा भारतले सिन्धु जल सन्धि सम्झौता खारेज गरेको थियो । भारतले लामो समयदेखि यसबाट बाहिर निस्कन चाहिरहेको रक्षामन्त्री ख्वाजा आसिफले भने । 

तर कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिने पूर्ण स्थितिमा पाकिस्तान रहेको पनि उनले बताए । भारतले हवाई क्षेत्र उल्लङ्घनको लागि अभिनन्दनको रूपमा दिइएको जवाफलाई याद राखिने पनि उनले भने ।

‘भारतको संरक्षणमा बलुचिस्तानमा आतङ्कवाद फस्टाउँदैछ । जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ । भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ । बलुचिस्तानका पृथकतावादीहरू उपचारको लागि भारत जान्छन् । यसको धेरै प्रमाणहरू छन्’ पाकिस्तानका रक्षामन्त्रीले भनेका छन् ।

पहलगाम घटनाको लागि भारतले अरूलाई दोष दिनुको सट्टा आफैँलाई जिम्मेवार बनाउनुपर्ने ख्वाजा आसिफले बताए । ‘यो पनि सम्भव छ कि पहलगाम आक्रमण भारत आफैँले गरेको झूटा अभियान थियो’ उनले भने । अझ अगाडि उनले भनेका छन्, ‘कसैले भारतलाई सोध्नुपर्छ कि यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौँदेखि त्यहाँ उपस्थित सात लाख सैनिकहरू के गरिरहेका छन् ?’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप