प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)
बिहीबार, ११ वैशाख २०८२, ११ : ४५

काठमाडौँ । नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्स्पेक्टर सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ । पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीयामा स्वरुप शर्मा, प्रहरी वृत्त महाराजगन्जमा सुरेश कोइराला, रुपन्देहीको इप्रका बेथरीमा सविता जिसी र इलाका प्रहरी कार्यालय मेलम्चीमा सुकेदव पौडेललाई पठाइएको छ ।
ललितपुरको कोन्ज्योसोम इप्रकामा सत्य नारायण डङ्गोल, जिल्ला प्रहरी परिसर काठमाडौँमा शत्रुधनकुमार महतो र रामेछापको इप्रका टोकरपुरमा विशाल सिंहलाई सरुवा गरिएको छ । लक्ष्मी खड्कालाई प्रहरी प्रभाग बलम्बुमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ