एलन मस्कको डजले सँधैका लागि बन्द गर्ने भयो एमसीसी

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले नेतृत्व गरिरहेका ट्रम्प प्रशासनको सरकारी खर्च कटौती विभाग ‘डज’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीलाई बन्द गर्ने भएको छ ।
अमेरिकी सङ्घीय सरकारको खर्च कटौती गर्ने प्रयास अन्तर्गत डजले विकासशील देशहरूको आर्थिक वृद्धिदरलाई टेवा दिने यो सङ्घीय एजेन्सी पूरै बन्द गर्न लागेको हो । मङ्गलवार एजेन्सीका कर्मचारीहरूलाई कर्मचारी र कार्यक्रममा उल्लेख्य कमी आउने ब्यहोरासहितको इमेल पठाइएको थियो ।
डजका अधिकारी एमसीसीमा पुगेको एक हप्ता नबित्दै यो इमेल पठाइएको एक स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । छिटोमा मे ५ सम्ममा कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्न सकिने स्रोतको भनाइ छ ।
कानुनतः नै एजेन्सीमा नेतृत्व चाहिने भएकोले कार्यकारी सीईओबाहेक सबै कर्मचारीलाई हटाउन लागिएको बताइएको छ । पछिल्लो समय डजले विदेशी सहायतामा व्यापक कटौती गरेको छ । यसअघि नै सरकारले अमेरिकी विदेश सहायता नियोग यूएसएड बन्द गर्ने प्रक्रिया थालिसकेको थियो ।
त्यसपछि शान्तिका लागि अमेरिकी संस्था र अफ्रिकी विकास फउन्डेशनलाई पनि बन्द गरियो । यीमध्ये कयौँ प्रयासले त कानुनी चुनौतीको सामना गरिरहेका छन् । एमसीसी २००४ मा कंग्रेसले स्थापना गरेको थियो ।
यसले सीमित अवधिका लागि नेपाल, युक्रेन, एल साल्भाडोर दर्जनौँ विकासशील देशलाई पूर्वाधार विकास र नीतिगत सुधारका लागि ऋण दिने गरेको छ । अमेरिकाले चीनको बेल्ट एन्ड रोड इनिशियटिभको प्रतिक्रियामा एमसीसी ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’
-
वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकियो
-
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
-
डाक्टर र प्रहरीबिच धकेलाधकेल, तस्बिरमा हेर्नुहोस्