बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

६१ जना इन्स्पेक्टरको पदस्थापन र काज

बिहीबार, ११ वैशाख २०८२, ११ : २३
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका ६१ जना इन्स्पेक्टरहरूको पदस्थापन र काज सरुवा गरेको छ । वैशाख ९ मा बढुवा भएकाहरूलाई आईजीपी दीपक थापाले पदस्थापन र काज सरुवाको निर्णय गरेका हुन् । इन्स्पेक्टर सुदिप थापा, रवि घिमिरे र जगतबहादुर राईलाई सीआईबीमा पदस्थापन गरिएको छ । 

कृष्णराज सेढाईलाई विशेष ब्युरोमा काज सरुवा गरिएको छ । जंगबहादुर अधिकारीलाई सीआईबीमा काज गरिएको छ । सुरज बुढाथोकीलाई मानव बेचबिखन ब्युरो, रेवतकुमार पोखरेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र लोकेन्द्रकुमार रावललाई लागुऔषध नियन्त्रण ब्युरोमा पदस्थापन तथा काज सरुवा गरिएको छ ।

123456

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप