बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?

बिहीबार, ११ वैशाख २०८२, १० : ५५
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । उमेर बढ्दै जाँदा हाम्रो शरीरमा धेरै पोषक तत्त्वहरूको कमी हुन थाल्छ । शरीरमा पोषक तत्त्वको कमीका कारण हामीले अनेक रोगहरूको सामना गर्नुपर्छ ।

आजको यस लेखमा हामी तपाईँहरूलाई यस्ता केही चीजबारे बताउन गइरहेका छौँ, जसलाई तपाईँले आफ्नो आहारमा अवश्य समावेश गर्नुभयो भने बुढ्यौलीको प्रक्रिया सुस्त त हुन्छ नै बुढेसकालमा भोग्नु पर्ने कयौँ समस्याहरू पनि भोग्नु पर्दैन । 

  • फाइबर:

उच्च फाइबर भएको फलफूल र तरकारीहरू खानुहोस् । यी चीजहरू खाँदा तपाईँलाई कब्जियतबाट छुटकारा पाउन मद्दत गर्न सक्छ, जुन उमेर बढ्दै जाँदा सामान्य समस्या हो । फाइबर पर्याप्त पाइने चिज खाँदा कोलेस्ट्रोल लेभल पनि कम हुन्छ । ब्लड सुगर लेभल म्यानेज गर्न मद्दत मिल्छ अनि तौल स्वस्थ स्तरमा कायम रहन्छ । ५१ वर्षभन्दा बढी उमेरका पुरुषहरूले दैनिक रूपमा ३० ग्राम फाइबर खानु पर्छ । यो उमेरका महिलाहरूले पनि दिनहुँ २१ ग्राम फाइबर खानु पर्छ । 

  • बोक्रा नफ्याँकेको अन्न:

यो फाइबरको उत्तम स्रोत हो । यिनीहरू बी–भिटामिनले भरिपूर्ण हुन्छन् । उमेर बढ्दै जाँदा हामीलाई यी दुवै झन् धेरै आवश्यक पर्दछ । दिमागलाई स्वस्थ राख्न बी–६ र फोलेट चाहिन्छ । बोक्रा नफ्याँकिएका अन्नले मुटु रोग, क्यान्सर र मधुमेहको जोखिम पनि कम गर्न सक्छ । 

  • नट्सः

हेर्नमा सानो भए पनि  बदाम, ओखर, काजू, पेकान र पिस्ता जस्ता नट्समा बुढ्यौली विरोधी शक्ति हुन्छन् । यिनीहरूमा विशेष पोषक तत्त्वहरू हुन्छन् जसले उमेरसँग सम्बन्धित हृदय रोग, स्ट्रोक, टाइप २ मधुमेह, स्नायु रोग र निश्चित प्रकारको क्यान्सरलाई रोक्न मद्दत गर्दछ । बदामले उमेर बढ्दै जाँदा मस्तिष्कलाई पनि सुरक्षित राख्छ । 

  • पानी:

उमेर बढ्दै जाँदा हाम्रो शरीरमा पानीको मात्रा घट्छ, तिर्खाको अनुभूति पनि कम हुन थाल्छ । यसको अर्थ आफूलाई डिहाइड्रेशन भएको पत्ता लगाउन धेरै समय लाग्छ । पानी स्वास्थ्यको लागि धेरै तरिकाले फाइदाजनक छ । पानीले तपाईँको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ, र मुड र एकाग्रतामा पनि असर गर्छ । 

  • माछा: 

हप्तामा दुई पटक साल्मन, अल्बाकोर टुना, हेरिंग र फार्म ट्राउट जस्ता बोसोयुक्त माछा खानु तपाईँको लागि लाभदायक साबित हुन सक्छ । यसमा डीएचए उच्च मात्रामा हुन्छ । डीएचए एक खाले ओमेगा–३ फ्याटी एसिड हो । यो हाम्रो मस्तिष्कको लागि राम्रो हुन्छ । डीएचएको कम स्तर हुन भनेको अल्जाइमर रोगसँग नजिकिनु हो । पर्याप्त मात्रामा डीएचएको सेवन गर्ने हो भने हामीले बुढेसकालमा समेत आफ्नो स्मरणशक्ति र नयाँ कुराहरू सिक्ने क्षमतामा सुधार गर्न सक्छौँ । 

  • प्रोटिन:

उमेर बढ्दै जाँदा शरीरमा मांसपेशीको कमी हुनु सामान्य कुरा हो । यस्तो अवस्थामा, प्रोटिनयुक्त खानेकुरा खानु महत्त्वपूर्ण छ । आफ्नो खानामा तपाई  पनि अण्डा, मासु र दुग्धजन्य पदार्थ समावेश गर्नुहोस् । 

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप