मंगलटार इलाका प्रहरी कार्यालयमा पुस्तकालय
_uG6KPzzv3x.jpg)
काठमाडौँ । काभ्रेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । सेवा लिन आउनेहरूलाई आफ्नो काम पुरा नहुन्जेल अध्ययन गर्ने संस्कृति विकाश गर्न पुस्तकालय स्थापना गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।
लाइब्रेरी सहितको ‘मल्टिपर्पोज हल’मा विश्व साहित्य, धार्मिक, कानुन र प्रहरीको प्रकाशन पुस्तकालयमा राखिएको छ । पुस्तकालय स्थापना गरेसँगै कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू पनि त्यहाँ गएर परीक्षाको तयारी गर्ने गरेका छन् । विद्यार्थीलाई लक्षित गरेर अध्ययनको क्रममा डिजिटल माध्यमबाट गुगलमा सामग्री खोज्न चाहनेहरूलाई प्रहरीले लाइब्रेरी हलमा कम्प्युटर पनि जडान गरिदिएको छ ।
विभिन्न स्रोतबाट सङ्कलन गरिएको पुस्तकहरूलाई कार्यालयको अभिलेखमा राखिएको इन्स्पेक्टर गिरीले जानकारी दिए । प्रधान कार्यालयले देशभरका युनिटमा पुस्तकालय स्थापना गर्ने नीति लिएसँगै प्रहरी कार्यालयहरूमा धमाधम पुस्तकालय स्थापना गरिँदै छ ।
२०८१ असोज १०, ११ र १२ मा आएको रोशीको बाढीले मंगलटारमा र आसपासको बिपी हाइवे क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोनिर्या बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण