बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त

बिहीबार, ११ वैशाख २०८२, ०६ : ५१
बिहीबार, ११ वैशाख २०८२

पोखरा । गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानमा सुरेन्द्रबाब तिवारी नियुक्त भएका छन् । उम्मेदवार सिफारिस समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । 

उनी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् भने विभिन्न कलेजमा अध्यापन गरेको अनुभव छ । सिफारिस समितिले तिवारीसँगै भानु पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो । 

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति सरकारले नै गठन गरेको थियो । आवेदन खुलेपछि १४ जनाले आवेदन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप