बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता

बिहीबार, ११ वैशाख २०८२, ०४ : २९
बिहीबार, ११ वैशाख २०८२

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलको कमजोर प्रदर्शनले शीर्ष स्थानको लिभरपुललाई उपाधि जित्न सहज भएको छ । 

यसअघि आर्सनलको जितले उपाधि जित्नलाई एक खेल पछि धकेलिएको लिभरपुलले अब भने टोटह्यामविरुद्धको खेलमा बराबरी गरे मात्रै पनि पुग्ने भएको छ । लिभरपुललाई उपाधि कब्जा गर्न अब जम्मा १ अंकको आवश्यकता छ । 

आइतबार एन्फिल्डमा त्यसको छिनोफाने हुनेछ । जहाँ लिभरपुलले पाँच सत्रमा दोस्रो पटक च्याम्पियन बन्ने सौभाग्य प्राप्त भएको छ । आर्सनल भन्दा १२ अंकले अगाडि रहेको लिभरपुलले सिजनको उपाधि मात्रै जित्ने छैन । म्यान्चेस्टर युनाइटेडसँग उपाधि जितेको रेकर्ड बराबरी गर्नेछ । लिभरपुलका लागि यो २० औं उपाधि हुनेछ । 

वुधबार राती आर्सनलाई क्रिष्टल प्यालेसले उसैको घरेलु मैदानमा २-२ को बराबरीमा रोक्दै अंक खोस्यो । आर्सनलको ३४ खेलबाट ६७ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप