बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य

बुधबार, १० वैशाख २०८२, २१ : २८
बुधबार, १० वैशाख २०८२

हैदराबाद । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) मा विस्फोटक ब्याटिङका लागि चिनिन्छ । आईपीएलमा बनेका सर्वाधिक पाँच स्कोरमध्ये ४ वटा हैदराबादकै नाममा रहेको छ ।

तर, बुधबार भने टोलीले निरस ब्याटिङ प्रदर्शन गरेको छ ।  प्रतियोगिताको सबैभन्दा सफल टोली मुम्बई इन्डियन्सविरुद्धको खेलमा टोलीको शीर्ष क्रम असफल साबित भयो । टोलीले मात्र ३५ रनमा ५ ब्याटर गुमाएर खराब अवस्थामा रहेको थियो । ट्राफिस हेड, अभिषेक शर्मा, ईशान किसन र नितिश कुमार रेड्डीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अनिकेत वर्मा पनि १२ रन बनाएर पभेलियन फर्किए ।

तर, अर्को छेउमा हेनरिच क्लासनले डटेर बसे । उनले नै हैदराबदको इनिङ्सलाई सम्हाल्दै सम्मानजनक स्कोरतर्फ डोर्‍याए । १९ औँ ओभरमा जसप्रित बुमराहको बलमा आउट हुनअघि उनले ४४ बलमा ७१ रनको शानदार इनिङ्स खेले । यसक्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, अभिनव मनोहरले पनि ४३ रनको महत्त्वपूर्ण इनिङ्स खेले । क्लासनसँग शतकीय साझेदारीबाट मात्र १ रनले चुकेपनि उनले ३७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए । दीपक चहरले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १–१ विकेट हात पारे ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप