बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता

बुधबार, १० वैशाख २०८२, १७ : ४९
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय उर्जा, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ। 

मन्त्री खट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ । 

‘भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यी नै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने । 

उनले नपाल र भारत सरकारबिच सहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप