सरकारका प्रवक्ता भन्छन्– शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको सम्बन्धमा सरकारलाई जानकारी नरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमनन्त्री केपी शर्मा ओलीले नै शिक्षामन्त्रीको राजीनामा आएको पुष्टि गर्दै सार्वजनिक रूपमा बोलिसकेको बेला उनले चाहिँ सरकारलाई जानकारी नरहेको जिकिर गरेका हुन् ।
पत्रकार सम्मेलनमा गुरुङले सरकार आन्दोलनरत शिक्षकहरूले राखेका जायज मागहरू पुरा गर्न तयार रहेको बताए ।
उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरेपनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र