गृहमन्त्रीको दाबी– सरकार अप्ठ्यारोमा छैन
बुधबार, १० वैशाख २०८२, १६ : ५७

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारमा रहेका नेपाली कांग्रेस र एमालेको बिचमा कुनै समस्या नभएको जिकिर गरेका छन् । सरकार ढल्छ भन्ने हल्ला चलिरहेको बेला बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले भने– ‘सरकार कुनै अप्ठेरोमा छैन ।’
कांग्रेस र एमालेको बिचमा कुनै समस्या नभएको लेखकको दाबी छ । उनले भने– ‘हाम्रो बिचमा कुनै समस्या छैन ।’
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे अनभिज्ञता प्रकट गरेका लेखकले शिक्षकहरूमा माग सम्भव भएसम्म चाँडो सम्बोधन गरिने बताए । उनले भने, ‘शिक्षकका माग संशोधन गर्दै चाँडो विधेयक पास गर्नुपर्छ भन्नेमा हामी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकियो
-
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
-
डाक्टर र प्रहरीबिच धकेलाधकेल, तस्बिरमा हेर्नुहोस्
-
२३ औँ दिनको आन्दोलनमा शिक्षक, छाता ओढेर सडकमा (तस्बिरहरू)
-
काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा
-
प्रधानमन्त्रीले शुक्रबार संसद्मा सम्बोधन गर्ने