प्रधानमन्त्री र यूएईका उपप्रधानमन्त्रीबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबिचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो ।
उपप्रधानमन्त्री नाह्यानले यूएईका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए । नेपालको दुईदिने भ्रमणका लागि मङ्गलबार काठमाडौँ आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको अवगत गराए ।
प्रधानमन्त्री ओलीले विकासको मार्गमा यूएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री