बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

पोप फ्रान्सिसको निधनमा कांग्रेसद्धारा दु:ख व्यक्त

बुधबार, १० वैशाख २०८२, १६ : ३६
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । नेपाली काँग्रेसले क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको निधनमा दुःख व्यक्त गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार शोक विज्ञप्ति प्रकाशित गर्दै फ्रान्सिसको निधनमा दुःख व्यक्त गरेका हुन् । 

‘शान्ति, करुणा, आध्यात्मिक साहस र न्यायको पक्षमा संसारभरका लाखौं मानिसहरूलाई प्रेरित गर्दै आउनु भएका धर्मगुरु फ्रान्सिसप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त सबैप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ खड्काद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा उल्लेख छ ।  

फ्रान्सिसको ८८ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।

congres party

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप