बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया

बुधबार, १० वैशाख २०८२, १६ : ०४
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । जम्मु कश्मिरको पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले शोक व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा एक सन्देशमा उनले लेखेका छन्, ‘कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा निर्दोष मानिसहरूको मृत्यु भएकोमा हामी समवेदना व्यक्त गर्दछौँ । 

हामी यो जघन्य घटनाको कडा शब्दमा निन्दा गर्दछौँ ।’ पोस्टमा मोहम्मद युनुसले आतङ्कवाद विरुद्ध बङ्गलादेशको अडानलाई पनि दोहोर्‍याएका थिए । बङ्गलादेशको विदेश मन्त्रालयले पनि कश्मीरको पहलगाममा पर्यटकको हत्याप्रति प्रतिक्रिया दिएको छ । 

‘बङ्गलादेश जम्मू कश्मीरमा भएको आतङ्कवादी घटनाको कडा शब्दमा निन्दा गर्दछ, जसमा निर्दोष नागरिकहरूको मृत्यु भएको छ ।’

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एउटा प्रेस विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले भनेको छ । जम्मू कश्मीरको पहलगाममा मङ्गलवार भएको आतङ्कवादी हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य कयौँ घाइते भएका छन् । मारिनेहरूमा अधिकांश पर्यटक थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप